
बाणगंगा, कपिलवस्तु —
मनकामना संस्कृत गुरुकुलम् विद्यापीठ, बाणगंगा–२ नन्दनगरका छात्रहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (S.E.E.) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेका छन्। विद्यालयका सम्पूर्ण विद्यार्थीहरू उत्तीर्ण भई शतप्रतिशत नतिजा हासिल भएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रधानाचार्य तथा शिक्षकहरूले यो सफलतामा विद्यार्थीहरूको निरन्तर परिश्रम, गुरुजनहरूको मार्गदर्शन, अभिभावकहरूको साथ र आध्यात्मिक शिक्षाको योगदान रहेको बताए। यस उपलब्धिलाई विद्यालयले एक प्रेरणादायी उपलब्धि मानेको छ।
विद्यालय परिवारले सफल सबै विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ। साथै, भावी दिनहरूमा विद्यार्थीहरू अझै आध्यात्मिक, नैतिक र शैक्षिक उन्नतिमा अग्रसर होऊन् भन्ने शुभेच्छा व्यक्त गरिएको छ