Phn: +977 9857053471

Email :Manakamanagurukulam@gmail.com

Current situation

गुरुकुलको वर्तमान अवस्था :
गुरुकुलीय पद्धति अनुसार बालविकास देखि माध्यमिक तह सम्म संचालित कपिलवस्तु जिल्लाको एकमात्र यस गुरुकुलमा  शताधिक बटुकहरूले आवासीयरूपमा अध्ययन गरि रहेका छन् । गुरुकुलमा दैनिकरुपमा नेपाल महर्षि वैदिक फाउण्डेशन संगको सहकार्यमा भावातीत ध्यान र योगका साथै राष्ट्र एवं विश्व शान्तिका लागि रुद्राभिषेक महायज्ञ संचालन भैरहेको छ ।२०६७ सालमा प्रा.वि.तह (कक्षा १) सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस गुरुकुलले समयको क्रमसंगै हाल माध्यमिक तह(कक्षा १२) सम्मको अनुमति प्राप्त गरी कक्षा १२ सम्म सञ्चालित  यस गुरुकुलमा निजी स्रोतमा  गुरु/गुरुआमाहरु तथा अन्य कर्मचारीहरू गरि २५ जना कार्यरत हुनुहुन्छ । 

 

  • गुरुकुलको भौतिक एवं आर्थिक अवस्था :
    यस गुरुकुलको आफ्नो नाममा जमिन नभएको हुँदा कैलाश आश्रम तथा मनकामना धार्मिक वन परिसरमा सञ्चालनमा रहेको छ । भौतिक सामाग्री संकलन एवं निर्माण कार्यका अतिरिक्त हालसम्म गुरुकुल सञ्चालनार्थ मासिक रु ६ लाख तथा वार्षिक रु ७२ लाख सम्म खर्च भैरहेको छ । तर खर्चको परिपूर्तिका लागि नियमित कुनै आम्दानीको स्रोत छैन । दैनिक यज्ञादिकार्य गर्नको लागि नेपाल महर्षि फाउण्शन फर वैदिक कल्चरबाट मासिक केही रकम आउने गरेको छ । कैलाश आश्रमबाट आयोजना गरिने वार्षिक यज्ञबाट दैनिक भण्डाराकालागि चामल प्राप्त हुने गरेको छ ।त्यसै गरी कैलाश आश्रमका संरक्षक परमपूज्य ब्र≈मनिष्ठ तत्वदर्शी सन्तशिरोमणि श्री १००८ स्वामी लोकानन्द महाराजज्यूकोे सत्प्रेरणा स्वरुप धर्मनिष्ठ एवं समाजसेवी व्यक्तित्वहरुबाट जन्मोत्सव,विवाह,व्रतवन्ध,श्राद्ध तथा अन्य विविध कार्यहरुमा विद्यार्थी बटुकहरुकालागि भण्डारा सञ्चालनका साथै गुरुकुल सञ्चालनको लागि आर्थिक सहयोग समेत प्र्राप्त हुने गरेको छ । यसरी प्राप्त भएको जन सहयोगबाट विद्यार्थी बटुकहरुलाई दैनिक भण्डारा सञ्चालन गर्न टेवा पुगेको भएता पनि शून्य दरबन्दी रहेको र बाणगङ्गा नगरपालिकाबाट एकमुष्ठ धार्मिक अनुदान वापत प्राप्त हुने वार्षिक रकम रु १०००००÷– मात्रबाट शिक्षक कर्मचारीको तलब अपुग हुने भएकाले तलब रकम व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
    भौतिक पूर्वाधारहरु
    प्रदेश सरकार बाणगङ्गा नगरपालिका, वडा कार्यालय जिल्ला शिक्षा समन्वय इकाई तथा दान दाताहरुको सहयोगबाट हालसम्म यस गुरुकुलमा कक्षाकोठा, भोजनालय, गुरुआवास, ध्यानकक्ष आदिको निर्माण भएको छ भने बाणगङ्गा नगरपालिकाबाट १२० जना क्षमता भएको छात्रावास भवन निर्माणाधीन रहेको छ भने आगामी दिनमा गुरुकुल परिसरमा पर्खाल निर्माण, खेलमैदान, आयुर्वेद वनौषधि वाटिका, कार्यालय भवन, कक्षाकोठा भवन, अतिथि निवास, पाकशाला, गौशाला, ज्योतिष एवं कर्मकाण्डको प्रयोगशाला भवन निर्माण गर्नुका साथै पुस्तकालयमा आवश्यक पुस्तकहरुको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
    गुरुकुल सञ्चालन प्रक्रिया
    विशेषतः श्रद्धालु दानदाताहरुको यथाशक्ति दानदातव्यबाट यस गुरुकुलको सञ्चालन भएको छ । यस गुरुकुलको सञ्चालनका लागि अक्षयकोषमा सहभागिता जनाएर, विविध अवसरमा भण्डारा सञ्चालन गरेर, गुरुकुलको दैनिक/मासिक सञ्चालन खर्चमा सहयोग गरेर गुरुकुुलमा भवन तथा कक्षाकोठाहरुको निर्माण गरेर, पुस्तकालयका लागि पुस्तकहरुको व्यवस्था गरेर, वेदाध्ययन गर्ने विद्यार्थीहरुलाई अन्नदान, वस्त्रदान, छात्रवृत्ति वा पुरस्कारको व्यवस्था गरेर तथा भूमिदान गरेर सहयोग गर्न सकिन्छ ।