गुरुकुल स्थापनाका उद्देश्यहरु
- मानवता, विश्वशान्ति र विश्वबन्धुत्वको भावना विकास गर्दै वैदिक सत्य सनातन धर्मको संरक्षण र संबर्धन गर्ने
- आध्यामिक ज्ञान विज्ञानको मुख्यस्रोत भएको प्राचिन संस्कृत भाषा साहित्यको संरक्षण गर्ने
- गुरुकुलीय शिक्षाका माध्यमले देशभक्त आध्यात्मिक अनुशासित सत्चरित्रवान्, कर्तव्यनिष्ठ देश तथा समाजको सेवामा समर्पित दक्ष जनशक्ति तयार गर्ने
- संस्कृत वाङ्मयका विचारप्रधान आध्यात्मिक ज्ञान सम्पदाका साथै योग, आयुर्वेद, ज्योतिष, तन्त्र, वास्तुशास्त्र, कर्मकाण्ड आदि व्यवहारिक विषय सहित युगानुरुप प्रविधियुक्त आधुनिक विषयहरुको शिक्षा प्रदान गर्ने
- समाजमा वैदिक सत्य सनातन धर्म, मौलिक संस्कृति र संस्कृत भाषाको महत्वलाई दर्शाउदै सामाजिक समरसता कायम गर्न चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने
- जनमानसमा वसुधैव कुटुम्बकम् भावनाको विकास गरी नैतिक चेतनाको विकास गर्ने
- वैदिक सत्य सनातनमा आधारित रही स्वधर्म संस्कृतिको पुनर्जागरणका लागि अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने ।