Phn: +977 9857053471

Email :Manakamanagurukulam@gmail.com

Future plans

गुरुकुलको भावी कार्यक्रम :
क्रमिकरुपमा थपकक्षाहरु सञ्चालन गर्दै विविध विषयमा स्नाकोत्तर तहसम्मको शिक्षा प्रदान गर्ने ।

  •  प्राचीन संस्कृत भाषा साहित्यका विभिन्न विषयहरुको अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने विविध विधाका ग्रन्थहरु तथा आधुनिक विषयहरुका ग्रन्थहरुको सङ्कलन गरी आधुनिक सुविधा सम्पन्न पुस्तकालयको स्थापना गर्ने
  •  गुरुकुलाई प्राच्यविद्या अनुसन्धान केन्द्रको रुपमा स्थापित गर्ने ।
  •  प्राच्य संस्कृतविद्याको साथ–साथै कम्प्युटर विज्ञान,कृषिविज्ञान आदि विषयहरुको शिक्षा प्रदान गर्ने
  •  अनुसन्धानात्मक ग्रन्थहरुको प्रकाशन गर्ने ।
  •  आवासीय क्षमताको अभिवृद्धि गर्दै ३०० जना छात्रहरुलाई आवासीय सुविधा प्रदान गर्ने ।
  • अनुरोध :
    आजको भैतिकवादी शिक्षाले विश्वलाई नै भौतिक वस्तुको व्यापार ठानी रहेको परिप्रेक्ष्यमा आधुनिक शिक्षाले समाजमा अपेक्षित परिर्वतन ल्याउने कार्यमा सहयोग पु¥याउन सकेको छैन । शिक्षित समाजमा पनि चारित्रिक न्यूनता देखिन्छ । मानवमा हुनुपर्ने मानवीय गुणहरुको ह्रास हुदै गईरहेको यस अवस्थामा नैतिक र चारित्रिक शिक्षा प्रदान गरी विश्ववन्धुत्वको भावना समग्र मानवमा कायम गर्नको लागि गुरुकुलीय शिक्षा वर्तमान समाजको र युगको आवश्यकता हो ।उक्त आवश्यकता पूर्तिका लागि यस गुरुकुलको स्थापना गरिएको हो । विभिन्न सेवामा कार्यरत व्यक्तिहरुको सहयोग र सदभावले मात्र यस गुरुकुलको उद्देश्य प्राप्ति सम्भव छ । त्यसकारण यस गुरुकुलको सम्बृद्धिका लागि तपाईहरुको अमूल्य परामर्श राय र प्रतिक्रियाको निरन्तर स्वागत गर्दै गुरुकुलको समुन्नति सङ्गै जुट्न र आवश्यक सहयोग उपलब्ध गराईदिनुहुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध छ ।