Phn: +977 9857053471
Email :Manakamanagurukulam@gmail.com
तपाईंको सानो सहयोगले वेदाध्ययन, संस्कार, नि:शुल्क भोजन तथा आवासमा ठूलो योगदान पुर्याउँछ। गुरुकुल धर्म, संस्कृति र संस्कारको मूल श्रोत हो — कृपया सहयोग गर्नुहोस्।
“धर्मो रक्षति रक्षितः” – धर्मको रक्षा गर्ने हाम्रो कर्तव्य हो। तपाईंको योगदानले भविष्यका संस्कारी नागरिक निर्माणमा योगदान दिन्छ।
Esewa Number:
“धर्मार्थकाममोक्षाणां साधनं धर्म एव हि।”
(मनुस्मृति)
सनातन धर्मका चार पुरुषार्थहरू—धर्म, अर्थ, काम र मोक्ष—मा धर्म मूल हो। धर्मको रक्षा गर्ने माध्यम भनेकै वेद, शास्त्र र संस्कार शिक्षाको निरन्तरता हो, जसको मूल आधार नै गुरुकुल परम्परा हो।
“धर्मो रक्षति रक्षितः।”
गुरुकुलहरू आजको भौतिकतावादी युगमा नैतिकता, चरित्र, संस्कार र मूल्य शिक्षाको केन्द्र हुन्। यहाँ शिक्षार्थीहरूलाई निःशुल्क वा न्यूनतम शुल्कमा आवास, भोजन र शिक्षाको व्यवस्था गरिएको हुन्छ।
यसले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर प्रदान गर्छ। समाजमा शिक्षित, अनुशासित, संस्कारी नागरिक निर्माण गर्नु भनेको नै समाजको भविष्य बलियो बनाउनु हो।
गुरुकुल एक “संस्कार निर्माण केन्द्र” हो, जहाँबाट सुसंस्कृत पिढी तयार हुन्छ।
⸻
गुरुकुलको सञ्चालन पूर्ण रूपमा दान र सहयोगमा आधारित छ।
भवन निर्माण, पुस्तक, भोजन, आवास, स्वास्थ्य आदि क्षेत्रमा तपाईंको आर्थिक, वस्तुगत वा सेवामूलक सहयोग आवश्यक छ।
गुरुकुलीय पद्धति अनुरुप मा०वि० तह सम्म सञ्चालित कपिलवस्तु जिल्लाकै एकमात्र आवासीय गुरुकुल ।
© 2024 copyright manakamana gurukulam ! All rights reserved” Design & Developed By: Prakash Poudel