Phn: +977 9857053471

Email :Manakamanagurukulam@gmail.com

श्रीमनकामना संस्कृत गुरुकुलमा गुरुपूर्णिमाको भव्य कार्यक्रम सम्पन्न

कपिलवस्तु, बाणगंगा-२ नन्दनगर, २०८२। — बाणगंगा नगरपालिका–२ नन्दनगरस्थित श्रीमनकामना संस्कृत गुरुकुलम् मा आज गुरुपूर्णिमाको अवसरमा विशेष कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको अध्यक्षता गुरुकुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम पौडेलले गर्नुभयो भने प्रमुख अतिथि नगरप्रमुख चक्र अर्याल रहनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी., नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, तथा अतिथिका रूपमा बुद्धिराम घिमिरे, रविराज शर्मा ज्ञवाली, पुष्कर घिमिरे, कर्ण बहादुर थापा लगायतका धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यस विशेष अवसरमा SEE परीक्षा उत्तीर्ण विद्यार्थीहरू, तिनका अभिभावकहरू, साथै गुरुकुलका गुरुजनहरूलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चक्र अर्याल ज्यूले भन्नु भयो ।“गुरुकुल शिक्षामा लागेका विद्यार्थीहरू जीवनमा कहिल्यै गलत मार्गमा लाग्दैनन्। उनीहरूमा जीवन्त अनुशासन रहन्छ। नगरपालिका गुरुकुलको विकास र समृद्धिका लागि सधैं सकारात्मक रहनेछ।”

यस भव्य कार्यक्रमले संस्कृत शिक्षाको महत्वलाई उजागर गर्दै सामाजिक तथा धार्मिक चेतनाको विस्तारमा सकारात्मक ऊर्जा थपेको गुरुकुल परिवारले विश्वास लिएको छ।

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these