कपिलवस्तु । यस श्री मनकामना संस्कृत विद्यापीठ गुरुकलको शिक्षक अभिभावक संघको अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षतामा गठित सामाजिक परीक्षण समितिद्वारा आ.व.२०८०/८१ को शैक्षिक, भौतिक , आर्थिक तथा व्यवस्थापकीय पक्षलाई समेटेर तयार पारिएको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण यही मिति २०८१/०५/२९ गतेका दिन विभिन्न सरोकारवालाहरु र स्थानीय अभिभावकहरूको उपस्थितिमा एक कार्यक्रम गरी सम्पन्न गरियो।


